| बिहिबार, कार्तिक ४, २०७८

गोरखा चेम्बरले पुसको ५ देखि १५ सम्म कृषि तथा ब्यापार मेला गर्ने

चेम्बर अफ कमर्स गोरखाले पुस ५ गतेदेखि १५ गते सम्म कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्ने भएको छ । यस अघि दशैँको बेला सस्तो बजार मेला गर्दै आएको चेम्बरले कोभिडका कारण दुई वर्ष सस्तो बजार मेला गर्न सकेन ।

‘गोरखाको कृषि उत्पादनमा रैथाने बाली प्रर्वद्धन र बजारिकण गर्ने उद्देश्यले मेला गर्न लागेका हौँ’ चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने ।


सोमवार बसेको कार्यसमिति बैठकले मेला गर्ने निर्णय गरेको हो । मेलामा घराएसी सामग्रीको बिक्री, प्रर्दशनी, दैनिक प्रयोग र उपभोग्य सामग्रीको बिक्री गरिने अध्यक्ष श्रेष्ठले बताए ।

मेला गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने छ । मेलामा केही बाल उद्यानका खेलहरु पनि खेलाईन आयोजक चेम्बर अफ कमर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्