जिल्ला समन्वय समितिले कात्तिक १४ र १५ गते वार्षिक समिक्षा गोष्ठी गर्ने
जिल्ला समन्वय समिति गोरखाले कात्तिक १४ र १५ गते वार्षिक समिक्षा कार्यक्रम गर्ने भएको छ । सोमवार बसेको जिल्ला समन्वय समितिको बैठकले समिक्षा कार्यक्रमको मिति तय गरेको हो ।
गत वर्ष कोरोना संक्रमण ब्यापक भएका कारण समिक्षा कार्यक्रम गर्न नसकेको समन्वय समितिले यो वर्ष भने गर्न लागेको हो ।
‘बिभिन्न कार्यालय, स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको योजना, कार्यक्रमको बारेमा छलफल हुनेछ’, जिल्ला समन्वय समितिका सुचना अधिकारी हरिहर दवाडीले भने ।
आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश स्थानीय तहहरुले संचालन विकास निर्माणको बारेमा समिक्षा, जानकारी, विश्लेषण हुनेछ ।
जिल्ला समन्वय समिति गोरखाले जिल्ला सभा भने यो वर्ष मंसीरमा गर्ने भएको छ ।