| सोमवार, मंसिर १३, २०७८

एमाले धार्चे गाउँपालिकाको अध्यक्षमा सुकबहादुर घले


मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ ।


मंगलबार दिउसो सम्पन्न धार्चे गाउँपालिकाको नेकपा एमालेको अधिवेशनले सुकबहादुर घले(यार्सा)को अध्यक्षतामा ७० सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा धनकुमार घले(काशिगाउँ) र सचिवमा राम गुरुङ(लाप्राक)लाई चयन गरेको छ । समितिको उपसचिवहरुमा रमेश गुरुङ र वीरबहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमालेका जिल्ला कमिटी सचिव कृष्ण नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्