| सोमवार, मंसिर १३, २०७८

गोरखामा कोरोनाका ८ जना सक्रिय संक्रमित

गोरखामा कोरोनाको सक्रिय संक्रमितको संख्या ८ रहेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार मंगलवार ९ जनाको एन्टिजेन परीक्षण गर्दा एकजना थपिएसँगै मंगलबार सक्रिय संक्रमितको संख्या ८ पुगेको हो ।


गोरखा नगरपालिकामा चार जना, पालुङटारमा दुई जना र सिरानचोक गाउँपालिकामा दुई जना रहेका छन् । जिल्लाभर कोभिड अस्पतालमा उपचारर दुई जना छन् भने जिल्ला भित्र कोरोना जाँच सात हजार तीन सय ७५ जनाको गरिएको छ ।

३४ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्