| सोमवार, मंसिर १३, २०७८

तरुण दल गोरखाद्धारा स्थापना दिबसको अवसरमा ह्वील चियर सहयोग

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाले बुधवार स्थापना दिबसको अवसर पारेर ह्वीलचियर बितरण गरेको छ । शारीरिक रुपमा अशक्त गोरखा नगरपालिका १३ कि यमकुमारी तामाङलाई ह्वील चियर बितरण गरिएको तरुण दल गोरखाका सभापति आनन्द गुरुङले बताए ।

तरुण दलका नेता कार्यकर्ता तामाङको घरमै पुगेर ह्वील चियर प्रदान गरेका हुन् । एकिकरण नेपाल नाम गैरसरकारी संस्थाका निर्देशक हरि देबकोटाले ह्वील चियर उपलब्ध गराएको तरुण दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्