बोर्लाङको महादेवटारमा मंगलवारदेखि खुल्ला फुटबल प्रतियोगिता सुरु
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ महादेवटारमा मंगलवारदेखि दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । महादेव शान्ति युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितको उद्घाटन पूर्व मन्त्री एवं गण्डकी प्रदेशका सांसद राशरण बस्नेतले गरेका हुन् ।
खेलको सुभारम्भ गर्दै उनले मानिस स्वस्थ रहनका लागि खेलकुदको पनि जरुरी भएको बताउँदै गाउँगाउँको प्रतिभा उजगार गर्न पनि यस्ता प्रतियोगिताहरु हुनुपर्नेमा जोड दिए ।
उक्त प्रतियोगितामा २० टिम सहभागी रहेको क्लवका सदस्य रबीन्द्र दराईले जानकारी दिए । तीन दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन उद्घाटन कार्यक्रममा क्लवका अध्यक्ष सुमनजंग थापा, वडा अध्यक्ष बासु थापा, जागेश्वर माविका प्रअ यदुनाथ सापकोटा लगायतले मन्तब्य राखेका थिए ।
पहिलो दिनको खेलमा घाटबेशी युवा क्लव, बालुवाटार बी र शुभारम्भ युवा क्लव चैनपुर बिजयी भएका छन् । खेल नकआउट प्रणालीबाट खेलाइएको क्लवका सदस्य रबीन्द्र दराईले बताए ।
खेलमा बिजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने उप बिजेताले २५ हजार, मेडल र प्रमाण पत्र पाउनेछन् ।