| सोमवार, मंसिर १३, २०७८

नेपालको विदेशमुखी वर्तमान

जिबन बराल (संघर्ष) :

झण्डै २५० वर्षको विरासत रहेको राजपरिवार । जुन समय पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेका थिए । जुन समय बाइसे, चौबिसे राज्य डाँडाकाँडा जस्तै थिए । त्यी राज्यमा कतै खस जातिले शासन गरेका थिए ।

कतै पाण्डे, खड्का क्षत्री त कतै शेर्पा, गुरुङ, घले, मगर, नेवार, मल्ल, राइ, लिम्बुले । ती राज्यका आ(आफ्नै धर्म, संस्कार, सस्कृति र पहिचान थिए । शाहले भूगोल एकीकरण गरे पनि राज्यको पहिचान मेटाएका थिएनन् किनकि पहिचान रहेन भने राष्ट्र कमजोर हुन्छ । जनता कमजोर हुन्छन् भन्ने उनले रामरी बुझेका थिए ।


इतिहास पढ्न पाइन्छ, पृथ्वीनारायण शाहले प्रजालाई सबैले आफ्नो कुल धर्म नछोड्नु भनेकाले सोही अनुरुप उनको त्यो भनाइ सबैले शिरोपर गरेको पाइन्छ । त्यही समयमा पश्चिमा साम्राज्यवादी र बिस्तारवादीहरू कमजोर अवस्थाका स्वतन्त्र राष्ट्रलाई आफ्नो राज्यमा बिलए गराउँदै अघि बढ्दै थिए ।

जसका लागि उनीहरुले दुई नीति लिन्थे । जसमा पहिलो युद्दबाट पराजित गर्नु दोस्रो नियोजित व्यापारिक प्रयोजन । त्यसैका माध्यमबाट देशलाई सिध्याउने । सोही दोस्रो नीति अनुसार भारत विदेशीको कब्जामा थियो । समयको कालक्रममा अशोक सम्राटको सहयोगमा चाणक्यले सिकन्दरसहित सम्पूर्ण दलबललाई भारतबाट एक पटक लखेटे ।

विडम्बना व्यापारिक कुटनीतिका माध्यमबाट पुनः भारतले पुरानै नियति भोग्न परेको पृथ्वीनारायण शाहले बुझेका थिए । त्यसैले गोर्खा राज्यको अस्तित्व बचाउन एकीकरण अनिवार्य ठाने ।

उनले भोलिको पुस्ताले नेपाल एकीकरण गर्ने छ भनेको भए आज नेपाल, नेपाल भएर नरहने र हामी नेपाली भएर जन्मन नपाउने पक्का रहेछ भन्ने कुरा आजका राजनेता भनिएकाहरुको व्यवहारबाट प्रष्ट भएको छ ।


आजका राजनेताले यो बुझ्न आवश्यक छ, पृथ्वीनारायण शाह कहिल्यै राजा भएर आनन्दले राजगद्दीमा बसेनन् । उनी त छिन्नभिन्न राज्यका जनतालाई एक बनाई शक्तिशाली र आधुनिक हतियारधारी दुष्मनसँग गुलेली, मट्याङग्रा, घुयत्रो, भाला र खुकुरीको भरमा लडेर विजय हासिल गरेका थिए ।

जुन चानेचुने कुरा थिएन । त्यसमा पनि सबै धर्म मान्ने सबै जातजाति, लिङ्ग र वर्गबाट युद्दमा साथ पाउनु एकादेशको कथा थिएन । उनको दूरदर्शीताकै उपज विदेशीको कुटनीतिलाई असफल पारेका थिए । यसैले उनका दिव्य उपदेश हाम्रा कानमा गुञ्जिइरहेका छन् ।
पश्चिमाहरुले नेपाल र नेपालीको पहिचान सनातन धर्म र नेपालीको एकता नभत्काउँदासम्म सफलता हात लाग्दैन भन्ने लागेर उनीहरु सियो बनेर नेपाल छिरेका थिए ।

जसलाई राजसंस्थाले मुसल बन्न दिएन । त्यसैले ती दुष्मनले सदा नेपाल र नेपालीलाई घोचिरहे, शान्तसँग बाँच्न दिएनन् । विदेशीले चाहे जस्तो राइँदाइँ गर्न राजसंस्था अवरोध बनेर भुटानीकरण र सिक्किमीकरण हुनबाट रोकेपछि राजसंस्था माथि प्रहार हुन पुग्यो । अन्ततः राजपरिवारको वंश नाश भयो ।


विदेशीको योजनामा नेपालमा राजसंस्था घाडो सम्झन पुगेका बेइमानीले त्यो हत्या भाइ ज्ञानेन्द्रको परिवारलाई थुपार्न पुगे । जसको उद्देश्य जनतालाई राजा र राजसंस्थाप्रति वितृष्णा जगाउनु थियो । सोही अनुरुप राजसंस्थाको विरोधमा स्वर चर्को बनाउन लगाउनु, जनयुद्धका नाममा केही वर्ष वर्गीय युद्ध भने पनि त्यो युद्ध जाति र धर्मसँग सम्बन्धित रहे ।

विदेशीकै इच्छाशक्ति अनुरुप मन्दिर भत्काउने, जनै काट्ने, सँगै पढेका सहपाठी वाचनशिरोमणि नारायण पोखरेलको हत्या, १२ बुँदे सम्झौता यी सबै विदेशीका स्वार्थमा भएका काम मान्न सकिन्छ । नेपालमा जति आन्दोलन र घटना परिघटना भए ती सबैमा अमेरिकी तथा भारतीय रअका संयुक्त मिसन रहेको बुझ्न सकिन्छ ।

जसको परिणाम १२ बुँदेको मर्म विपरित राजा ज्ञानेन्द्रको बहिर्गमन, धर्म निरपेक्षता रहे । त्यसको पुष्टी भारतीय विदेशमन्त्री करणसिंहको पटक(पटकको राजा र प्रधानसेनापतिलाई दबाब दिनु रहेको थिए । समयको कालक्रममा आज देशमा संघीयता र गणतन्त्र गनाइरहेको छ । जसमा युरेपियन युनियनको अरबौ लगानी प्रष्ट छ । किनकि, विश्वका कैंयांै मुलुक २७(२८ प्रतिशत इसाई धर्म मान्नेहरुको देश इसाई राष्टू बनेका छन्, नेपालमा झण्डै ९० प्रतिशत सनातन ओमकार परिवार रहेर पनि धर्म निरपेक्ष राष्टू बनेको छ । यस्ता धेरै सन्दर्भ छन् । जसका कारण राष्टिूयता नै धरापमा परिरहेको छ । जसलाई निम्न उपशीर्षकमा चर्चा गर्न सकिन्छ

विदेशमुखी गणतन्त्र र संविधान
२०६२/६३ को जनआन्दोलन र १२ बुँदे दिल्ली सम्झौताको बलमा स्थापना भएको गणतन्त्र भनियो । संविधान बन्यो तर सत्य त्यो न भएको प्रष्ट हुन्छ । किनकि, जनताको अभिमत लिन गाउँ गाउँ पुगेका सभासद्ले संकलन गरेका सुझाव नै हराएका थिए । त्यसरी हराउनुमा नेपालका माउ पार्टी भन्नेहरु नै विदेशीको हालीमुहालीमा रमाइरहेका थिए । अ

न्यथा जनताले हिन्दू राष्टू हटाउने र राजस्था फाल्ने राय बहुमतले दिएकै थिएनन् । ६०१ को बलमा जनताको मतको अवमूल्यन गरियो । संविधान नै संघीयता धर्मनिरपेक्ष र गणतन्त्रात्मक व्यवस्थालाई कमजोर बनाउन आयातित थियो । सोही अनुरुप देशमा राम रमिता चलिरहेको छ । नेपाली दिदीबहिनी र बालबालिकाको अस्मिता जोगाउन सकिएको छैन । नेपाली विदेश गएर दास बन्नु पर्नेमा कमी आएन, जनताको दैनिकी, आयस्रोत, व्यापार व्यवसाय फस्टाउन सकेन ।

बरु भयो त के प्रगति भने, जनता असुरक्षित्, बलात्कारको घटना वृद्धि, नेताहरु नै तस्कर, लुट, भ्रस्टाचार, हत्या हिंसामा लाग्न थाले । नेता, पार्टी, सरकार र सत्तामा माफियाको जालो मौलायो । नेताहरु कुकुर बिरालोको झगडामा हराउन थाले । सिंहदरबार गाउँ(गाउँ पुगे पनि नेपालीको एकता र नेपाली मन भाँडियो । निर्मला हत्याकाण्ड, ३३ किलो सुन बेपत्ता, रातो चन्दन, लाउडा, वाइडबढी, ओम्नी, यति होल्डिंग, बालुवाटार जग्गा काण्ड जस्ता अनगिन्ती उपहार जनताले पाएँ । त्यसैले यो विदेशी गणतन्त्र र संविधानले देश र जनतालाई के दियो नेपाली जनताले खोज्नु पर्ने भएको छ ?


विदेशमुखी नेपाली राजनीति र नेता
यतिबेला नेपालको राजनीति गलत बाटोबाट अगाडि बढिरहेको छ । यसको मुख्य कारण पार्टीभित्र विदेशी बिचौलियाको राज रहनु हो विदेशी प्रभुहरूले पटकपटक पार्टी बनाऊ, पार्टी फुटाऊ, नेता बनाऊ, मन्त्री बनाऊ, हटाऊ रिमोर्ट चलाइरहेका छन । यसैले नेपालको राजनीति विदेशी नेता र माफियाको साम, दाम, दण्ड, भेदको जालोमा घुमिरहेको छ ।

परमादेशबाट प्रधानमन्त्री बन्नु, दुई(दुई ठाउँबाट हारेको नेता प्रधानमन्त्री बन्नु, हारेका नेता चोर बाटोबाट संसद छिर्नु र मन्त्री पद पाउनु, टोले गुण्डालाई पार्टीका कार्यकर्ता, नेता र मन्त्री बनाइनु यसका ज्वलन्त उदाहरण हुन् । कार्यकारी प्रधानमन्त्री, मन्त्री र शीर्ष नेता भन्नेहरुका ओछ्यानसम्म विदेशी गुप्तचर विभाग प्रमुख पुग्नु र देशका कार्यपालिका व्यवस्थापिका न्यायपालिका ध्वस्तु हुनुले त्यही जनाउँछ । अब बाँकी रहेका नेपाली सेनालाई ध्वस्त बनाउन साँठगाँठ गरिरहेको देखिन्छ ।


जनतालाई हिजोसम्म न्यायपालिका प्रति विश्वास थियो । नागरिकता, चुरे दोहन, बहुराष्टिूय कम्पनीका खेलाडीलाई सत्ताचुतका केही फैसला देश र जनताका पक्षमा थिए । अब चोलेन्द्र राणाले राजीनामा दिए, नदिए पनि कुनै फरक छैन किनकि विदेशी डिजाइनमा न्यायालय माथि प्रहार भइरहेको छ । अब आउने प्रधानन्यायाधिश चोलेन्द्र भन्दा खराब, पार्टीको झोले र विदेशीको गुलामी आउने पक्का छ । उनीहरुकै डिजाइनमा सबै सरकारी निकाय काम गर्न नसक्ने बनाएर विघटनतिर लैजाने देखिन्छ । अबको प्रहार केही मात्रमा बचेको नेपाली सेना माथि हुने निश्चित छ ।

नेपाली सेनाभित्र विदेशी गुप्तचर घुसिसकेका छन् जसले सेनालाई देश र जनताबाट कटाउने कोसिस गरिरहेका छन् । अब नेपाली सेनाले यो बुझ्न आवश्यक छ, सेनाको संगठनले देशलाई बचाओस् । राज्यका सबै निकायलाई विघटनतिर लाने, देशलाई असफल राष्टू घोषणा गर्ने, युएन सेना भित्र्याउने योजना रहेको बुझ्न सकिन्छ । एमसीसी पास गरे पनि फिर्ता गरे पनि विदेशी योजना नेपाल बिसर्जनतिर लाने, देश भित्र युद्द गराउने नै रहेको छ ।


जनतालाई सेवा सुविधा दिने निकायमा पार्टीका झोले कार्यकर्ता बस्दा जनताले निष्पक्षताको आशा गर्नु मुर्खता बाहेक केही हुन सकेको छैन । देशको अर्थतन्त्र असफलताको बाटोमा छ । अमेरिकी राजदूत् लगायत एमसीसी उपाध्यक्ष नेताका कोठाकोठामा पुग्नुमा नेताको लम्पसारवाद प्रष्ट हुन्छ । नेपाली नेतामा लेन्डुप दोर्जे प्रविधिको विकास हुनु नेपाल सिध्याउने बाटो हो । अहिले भारत, अमेरिका र युरोपियन युनियनक नेपाललाई सिध्याउने मिसनमा एक छन् ।

इन्दिरा गान्धीले सिक्किम निले जस्तै निल्ने भारतको योजना पूरा हुन नसकेपछि करोडौं भारतीयलाई नागरिकता दिलाएर नेपाली बनाउनमा तल्लिन छ । युरोपियनहरु देशको धर्म, संस्कृति सिध्याउने, अमेरिकालाई नेपाल छिराएर चीनलाई काउन्टर दिने, नेपालका बहुमूल्य खनिज पदार्थमा एकाधिकार जमाउने ध्यानमा रहेका छन् । त्यसैले प्रत्येक सचेत नेपालीले देशको बारेमा चिन्ता गर्नु आजको आवश्यकता हो ।


संसदबाट एमसीसी पास गराउन रोइलो गर्ने, देशभित्रको खरबौं रुपैयाँको भ्रष्टाचार रकम नदेख्नुका पछाडि सबै विदेशीको चलखेल रहेको प्रष्ट हुन्छ । सीमित भूगोल र जनसंख्या भएको हाम्रो जस्तो देशमा संघियताले देश झन् खोक्रो भइरहेको छ । हजारौ संसद मन्त्री र तिनका आसेपासेलाई पाल्नु, पहिलो बैठकमै सांसद मन्त्रीका सेवासुविधामा बजेट विनियोजन गर्नु, पार्टीका भर्ती केन्द्र खोल्नु देशको ८० प्रतिशत बजेट सांसद, कर्मचारी पाल्दैमा सक्ने अ नि समृद्धिको नारा लगाउनु जस्तो पाखण्ड अरु केही हुँदैन ।
(लेखक : पालुङटार ६ का हुन् हाल पोखरा)

प्रतिक्रिया दिनुहोस्