| सोमवार, मंसिर १३, २०७८

शहीदलखन ३ को त्रिबेणीधाममा भलिबल प्रतियोगिता सुरु

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ३ त्रिबेणीधाममा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । कालिका युवा क्लवको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगितामा खुल्ला तर्फ १५ टिम दर्ता भएका छन् ।


चौँथो कालिका भलिबल प्रतियोगिताको शनिवार शहीदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले उद्घाटन गरेका हुन् । क्लवका अध्यक्ष मिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष गणेश थापा मगर, शरण श्रेष्ठ, क्लवका सल्हाकार टेकबहादुर गुरुङ लगायतले धारणा राखेका थिए ।


कालिका युवा क्लवले हरेक वर्ष हरिबोधनी ठुलो एकादशीको दिन पारेर बिभिन्न खेलकुद सँगै सांस्कृतीक कार्यक्रम गर्दै आएको छ । खुल्ला भलिबल सँगै भेट्रान्स भलिबल पनि संचालन गरिएको छ । शनिवारदेखि सुरु भएको प्रतियोगिताको फाईनल सोमवार हुने कार्यक्रमका संयोजक पृथ्वी गुरुङले बताए ।

कोभिडका कारण बिगत दुई वर्ष ठुलो एकादशीको अवरसरमा हुन नसकेको मेला यस वर्ष पनि संचालन नहुने उनले बताए । अहिले पनि कोरोनाको त्रास कायमै रहेको र सुरक्षाको दृष्टिकोणले बृहत रुपमा मेला नहुने गुरुङले बताए । एकादशीको दिन सोमवार कालिका युवा क्लवले भने सांस्कृतीक कार्यक्रम गर्ने भएको छ ।


बिजेता टिमले नगद ५० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् भने उप बिजेताले नगद २५ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्