| सोमवार, मंसिर १३, २०७८

अन्तरराट्रिय बालदिवसको अवसरमा धार्चेमा दौड प्रतियोगिता सम्पन्न

अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा धार्चे गाउँपालिकामा मावि स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । धार्चे गाउँपालिकाको आयोजनामा पालिका भित्रका मावि स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको हो ।

शनिबार सम्पन्न दौड प्रतियोगितामा पुरुष तर्पm कालरात्री मावि लापुका रस बहादुर गुरुङ प्रथम र मणिकाम देवी मावि लाप्राकका रमेश गुरुङ दोस्रो भएका छन् । प्रभाव किरण मावि लापुबेसीका पूर्ण गुरुङ तेस्रो र केरौजा मावि केरौजाका चन्द्र गुरुङ चौथो भएका गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जनाकारी दिए ।

त्यस्तै, महिला तर्पm केरौजा मावि केरौजाका रश्मी गुरुङ पहिलो, मणिकाम देवी माविका लाप्राकका मिन्सु गुरुङ दोस्रो भएकी छिन् । कालरात्री मावि लापुकी आइति माया गुरुङ तेस्रो र सूर्यदय मावि गुम्दाकी सुक माया गुरुङ चौथो भएकी उनले जानकारी दिए ।

छात्र र छात्रा तर्पm प्रथम, द्धितीय, तृतीय र सात्वना भएका उनीहरुलाई व्रmमश नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार सहित प्रमाण पत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष गुरुङल बताए ।

गाउँपालिका केन्द्र माछाखोला देखि नौलीखोला सम्मको पाँच किलोमिटरको दौड प्रतियोगिता भएको जनाएको छ । दौड प्रतियोगितामा पालिका भित्रका आठ वटा माविका छात्र र छात्राको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्