| सोमवार, मंसिर १३, २०७८

कुटपिटबाट घाइते थुमीका एक पुरुषको उपचार गराउन लैजाँदा बाटोमै मृत्यू


कुटपिटबाट घाइते भएका आरुघाट गाउँपालिका ४ थुमी, बरामगाउँका एक पुरुषको सोमबार मृत्यू भएको छ । भाइबुहारी नाता पर्ने डल्ली बराम र भतिजी निशु बरामको कुटाइबाट गम्भीर घाइते भएका आफ्ना बुबा ५२ बर्षका चामबहादुर बरामको मृत्यू भएको मृतककी छोरी रोशनी बरामले जानकारी दिइन् ।


उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा सोमबार दिउसो साँढे १ बजे सल्यानटार पुगेपछि आफ्ना बुबाको मृत्यू भएको उनले बताइन् ।
उनका अनुसार मृतक बरामको टाउको, खुट्टा, घाँटीमा चोट थियो ।


महाराजस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेपछि उनको मंगलबार अन्तिम संस्कार गरिएको रोशनीले जानकारी दिइन् ।


डल्ली र निशुविरुद्ध मंगलबार नै महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा किटानी जाहेरी दिएको जनाएकी छिन् । ‘यथासीघ्र दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाउन सजिलो होओस् भनेर महाराजगञ्ज प्रहरी वृत्तमा किटानी जाहेरी दिएको हुँ’, उनले भनिन् ।


उनका अनुसार मृतकका ठाइँला भाइकी श्रीमती डल्ली र उनकी छोरी निशुले हँसिया लगायतका घरेलु हतियार प्रयोग गरी कुटपिट गरेका थिए ।

‘बुबाले सिकिस्त अबस्थामा गत आइतबार मलाई फोन गर्नुभयो’ बुबाको भनाइलाई उद्धृत गर्दै उनले भनिन्, ‘बुहारी र भतिजीले आफ्नो बारीको कोदो टिपेपछि बुबाले त्यसो नगर्न भन्नु हुँदा उनीहरुले आक्रमण गरेका रहेछन् । घरको आँगनमा घाइते अबस्थामा घोप्टो परी पल्टिरहेको देखेपछि छिमेकी र आफन्तले उनीहरुको घरमा पु¥याइदिएका रहेछन् । बुबाको फोन पाउने वित्तिकै रातारात हामी काठमाडौँबाट घर पुग्यौँ । सोमबार उपचारका लागि ल्याउँदै गर्दा दिउसो साँढे १ बजेतिर सल्यानटारमा आइपुगेपछि मर्नुभयो ।’ दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उनले जोड दिइन् ।


प्रहरीले भने आरोपीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएको छ । ‘महाराजगञ्जमा परेको जाहेरीको आधारमा अनुसन्धानका लागि आमा र छोरी दुई जनालाई नियन्त्रणमा लिएका छौँ’, डिएसपी प्रकास दाहालले भने, ‘घटनाको अनुसन्धान प्रक्रिया सुरु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्