| शनिबार, बैशाख ८, २०८१

अनेरास्ववियूद्वारा गोरखा अस्पताल परिसर सरसफाइ


महाधिवेशनको उमंग बढाउन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियू)ले बुधबार गोरखा अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।


आसन्न १०औं महाधिवेशनको स्वागतस्वरुप केन्द्रीय कार्यक्रम अनुसार गोरखा अस्पताल वरपर सरसफाई कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु गोरखाका अध्यक्ष सुजन सिंखडाले जानकारी दिए ।


पार्र्टीका विभिन्न तहका पदाधिकारीहरुले बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म अस्पताल र अस्पताल परिसरमा सरसफाई गरिएको अध्यक्ष सिँखडाले जानकारी दिए ।


३० जना भन्दा धेरै विद्यार्थीहरु सहभागिता रहेको उक्त कार्यक्रममा कुहिने र नकुहिने फोहरलाई अलग अलग व्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव कृष्ण नेपाली, अस्पताल बिकास समितिका सदस्य देवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्