| बिहिबार, मंसिर २०, २०८१

बुङकोटको सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला सम्पन्न

शहीद लखन गाउँपालिका वडा ८ स्थित सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला भव्यताका साथ सम्पन्न भएको छ । सन्तानेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना तथा नव इन्दे्रणी बुङकोट युवा क्लव, भिमसेन तारा युवा क्लव र कोटकाली युवा क्लवको सह–आयोजनामा मंगलबार वृहत शिवरात्री मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

मेलालाई गाउँपालिका अध्यक्ष रमेश बाबु थापामगरले उद्घाटन गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले सन्तानेश्वर मन्दिर लगायतका धार्मिक एवं साँस्कृतिक सम्पदा महत्वपुर्ण सम्पति भएको र यसको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व सबैको भएको बताए । सन्तानेश्वर महादेवको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने समेत उनले जोड दिए ।

No description available.

बुङकोटमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक रुपमा ऐतिहासिक महत्व बोकेको मन्दिर भएको बताउदै यसको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने वडा ७ का अध्यक्ष शरण श्रेष्ठले बताए ।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष काशीनाथ अंम्गाईले मन्दिर निर्माणमा सहयोप पु¥याउने सबैलाई धन्यवाद दिदै वडाबाट गनुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।

May be an image of 3 people, people standing and outdoors

भूकम्पले क्षति पु¥याए पछि मन्दिर भत्काएको थियो । स्थानीयहरुको सक्रियतामा हाल मन्दिर पुननिर्माण सम्पन्न भइसकेको छ । मन्दिर निर्माणका लागि शहीदलखन गाउँपालिका र गण्डकी प्रदेश सरकारले समेत सहयोग गरेको थियो ।
यस्तै, वृहत शिवरात्री मेलामा शिवशक्ति भजन समूह, कृषि तथा उद्यमी महिला, राधाकृष्ण भजन समूह, छापथोक निगरानी महिला समूह, पोखरी डाँडा भजन समूह, पञ्चैवाजा समूहको साँगीतिक प्रस्तुती दिएका थिए । साथै बाजागाँजा सहितका विभिन्न भेषभुषामा नृत्य प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

सन्तानेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तर कुमार श्रेष्ठको अध्यक्षता गाउँपालिका अध्यक्ष रमेशबाबु थापा, वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का काशिनाथ अम्गाई, समितिका सचिव अमृत श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमलाई नव इन्द्रेणी बुङकोट युवा क्लवका अध्यक्ष राजेश श्रेष्ठले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।