| शुक्रबार, जेष्ठ ४, २०८१

कांग्रेसको पालिका स्तरीय निर्वाचन केन्द्रित कार्यक्रम शहीदलखनमा

गोरखाको बिभिन्न पालिकामा स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम गर्दै आएको कांग्रेसले बिहिवार शहीदलखन गाउँपालिकामा कार्यक्रम गरेको छ । शहीदलखन गाउँपालिकाका पार्टी सभापति काशिनाथ अम्गाईको अध्यक्षता र केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।


केन्द्रिय सदस्य श्रेष्ठले एमसिसीका बारेमा केही राजनीतिक दलहरुले जनतालाई भ्रम छरेको बताउँदै यो परियोजना नेपालको बिकासका लागि आवश्यक भएको बताए । साथै उनले एमसिसी परियोजनाबाट देसलाई फाईदा पुग्ने बताउँदै अनावश्यक हल्लाको पछि नलाग्न सुझाब दिए ।


कार्यक्रममा केन्द्रिय सदस्य अब्दुल सतार, राष्ट्रिय सभा सदस्य कमला पन्त, कांग्रेस गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रबिकला खनाल, क्षेत्र नम्बर १ का सभापति नारायण लामिछाने, क्षेत्र नम्बर १ प्रदेश क का सभापति खुनप्रसाद रेग्मी लगायतले मन्तब्य राखेका थिए ।

सोही क्रममा शहीदलखन गाउँपालिका ८ का वाईसिएल अध्यक्ष अमृत श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका पालिका सभापति अम्गाईले बताए ।

प्रतिक्रिया दिनुहोस्