| शनिबार, बैशाख ८, २०८१

आरुघाटकी पुर्णिमाद्वारा विश्वको तेस्रो अग्लो कञ्चनजंगाको सफल आरोहण

गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेकी छिन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले शुक्रबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा (८,५८६ मिटर) को सफलतापूर्वक आरोहण गरेकी हुन् ।

कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर)का साथै विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरी (प्रथम), मनास्लु (८,१६३ मिटर), अन्नपूर्ण प्रथम (८०९१ मिटर) र अमदब्लम (६,८१२ मिटर) हिमालको आरोहण गरिसकेकी छिन् ।


आठहजारभन्दा माथिका सबै हिमाल आरोहण गरिसकेकी पूर्णिमाले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा २० घण्टाको कठिन यात्रापछि शिखर चुमेकी थिइन । अक्सिजन मास्कको समस्या, हेडलाइटले काम नगरेको जस्ता कठिनताको बाबजूद लगभग मृत्युको नजिक पूगेर पनि कीर्तिमान रच्न सफल भएको उनी बताउँछिन् ।


उनले आठहजारमिटर भन्दा अग्ला सबै हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन् ।