| शुक्रबार, चैत्र १६, २०८०

मनकामनामा होटलमा काम गर्ने कुक मृत भेटिए

गोरखाको मनकामना स्थित एक होटलमा काम गर्ने कुक मृत भेटिएका छन् । शहीदलखन गाउँपालिका ३ स्थित मनकामना रिसोर्टमा काम गर्दै आएका कार्भे जिल्ला चौरीदेउराली गाउँपालिका ५ घर भएका २१ वर्षिय रामहरी गौतम मृत भेटिएका हुन् ।


बिहिवार राती खाना खाएर सुतेका उनी बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । शव पोष्र्टमार्टका लागि गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्