| सोमवार, असार १३, २०७९

एकीकरण नेपालद्वारा शैक्षिक सामाग्री हस्तान्तरण सम्पन्न

एकीकरण नेपाल गोरखाले वारपाक सुलीकोट वडा न ७ स्थित वागेश्वरी आधारभूत विद्यालयमा ४० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले विद्यालयका प्रधानाध्यापक उत्तम श्रेष्ठलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण पछि उक्त सामग्रीको प्रयोग सम्वन्धी कार्यशाला सञ्चालन भएको छ ।

उक्त कार्यशालामा विद्यालयका ९ जना शिक्षकहरु सहभागी थिए । तालिमलाई एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटा र फिल्ड कार्यक्रम अधिकृत रमेश श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यशालामा शैक्षिक सामग्री छपाई सम्वन्धी सामग्रीहरु तथा विषयगत शैक्षिक सामग्री, शब्द लेखनको बारेमा छलफल भएको देवकोटाले बताए ।

साथै प्रभावकारी बाल केन्द्रित क्रियाकलापहरु सिर्जनशील लेखनका विभिन्न बाल केन्द्रित विधिहरुको बारेमा कार्यशालामा भएको आयोजकले बताएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले गाउँपालिकाको सहकार्यमा उक्त विद्यालयमा शैक्षिक सुधारको कार्यक्रमहरु सचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्