| आइतवार, अशोज ७, २०८०

गण्डकी गाउँपालिका अध्यक्षले एक महिनाको सेवा सुविधाको पैसा विद्यालयलाई दिए

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले अध्यक्ष भएपछि बुझेको पहिलो महिनाको पारीश्रमिक विद्यालयलाई दिएका छन् ।

आफुले पहिले अध्ययन गरेको गोरखाको गण्डकी गाउँपालिका ७ को ज्ञानमार्ग माविलाई उनले ३६ हजार दुई सय रुपैयाँ उपलब्ध गराएका हुन् ।
विद्यालयको शैक्षिक स्तरवृद्धी र संचालित चेपाङ छात्राबासलाई सहयोग पु¥याउने उद्देश्यले विद्यालयलाई नगद हस्तान्तरण गरेको अध्यक्ष तिमल्सिनाले बताए ।

बुधवार एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक दिलबहादुर गुरुङलाई उनले उक्त रकम उपलब्ध गराएका हुन् । अध्यक्ष तिमल्सिनाले चुनावका बेला आफुले विद्यालयमा गरेको बाचा अनुसार उक्त सहयोग गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्