| शुक्रबार, बैशाख ७, २०८१

बाबुरामलाई आफ्नो चुनाव चिन्ह दिने माओवादी निर्णय

नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईलाई हँसिया हतौडामा चुनाव लड्न सहमति दिएको छ।

पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराईलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।

‘बाबुराम भट्टराईलाई हँसिया हतौडामा चुनाव लड्न पार्टीले स्वीकृति दिएको छ। उहाँहरूका शर्तका विषयमा थप छलफल गरिने छ,’ उनले भने।

उनलाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा समेत छलफल हुने महराले बताए।

भट्टराईले भने २०७४ मा कांग्रेससँग गठबन्धन गरेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए।

प्रतिक्रिया दिनुहोस्