पौडीको मज्जा
गोरखाको भिमसेन थापा गाउँपालिका ८ स्थित तान्द्राङ खोलामा शनिवार पौडी खेल्दै गरेका युवाहरु ।
दशैँ लागेसँगै अहिले गाउँघरमा मानिसहरुको चहपहल बढेको छ ।
युवाहरु पिङ खेल्ने, पौडी खेल्ने, बिभिन्न सांस्कृतीक कार्यक्रम, खेलकुदमा सहभागी हुने गरिरहेका देखिन्छन् ।
गाउँघरमा चहपहल सँगै दशैँको रौनकले छोपेको छ ।