| बुधबार, मंसिर १३, २०८०

द वल्ड क्यापिटल मतदान केन्द्रमा राखिएको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज


गोरखा सदरमुकामको वल्डक्यापिटल मावि मतदान केन्द्रमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको रिपुमर्दन गणबाट खटिएको बम डिस्पोजल टोलीले बिहान ९स्१५ बजे बम डिस्पोज गरेको हो ।


अज्ञात समुहले सो केन्द्रमा कुकर बम राखेको थियो । जसका कारण पैतालिस मिनेट मतदान कार्यक्रम स्थगित भएको थियो । अहिले मतदान पुन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्