| आइतवार, माघ १५, २०७९

‘प्रचण्ड’का घरबेटी भुवनप्रसादको निधन

गोरखाको आरुघाटमा शिक्षक रहँदा पुष्पकमल दाहाल प्रचण्डका घरबेटी भुवन प्रसाद श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको छ ।
गोरखा आरुघाट गाउँपालिका वडा नं ९ निवासी क्यान्सर रोग बाट पीडित श्रेष्ठको ललितपुर स्थित पाटन अस्पतालमा उपचारको क्रममा आइतवार राती निधन भएको हो ।


उनको सोमवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनका आफन्तले जनाएका छन । माओवादी केन्द्र निकट जेष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य समेत रहेका सामाजिक व्यक्तित्वका रुपमा परिचित श्रेष्ठ २०४३ देखि २०४६ सम्म आरुचनौटे गाउँ पञ्चायतका प्रधानपञ्च थिए ।


वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल २०३३-०३४ सालतिर गोरखाको आरुघाट माविमा शिक्षक रहँदा भुवन प्रसाद श्रेष्ठ दाहालका घरबेटी थिए । भुवन प्रसाद श्रेष्ठकै जीवनीमा आधारित ‘कम्युनिष्ट आन्दोलनका प्रेरक भुवन दाई’ पुस्तकको शनिवार एक समारोहका बीच प्रधानमन्त्री दाहालले नै लोकार्पण गरेका थिए ।


अस्वस्थका कारण आईतवार काठमाण्डौँमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा उपस्थित हुन नसकेका पुस्तकका पात्र भुवनप्रसाद श्रेष्ठको एक दिन पछि नै निधन भएको हो । श्रेष्ठका श्रीमति २ छोरा र २ छोरी छन ।

प्रतिक्रिया दिनुहोस्