
पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेजबिच स्नातकोत्तर पढ्न ५० प्रतिशत छुटको सम्झौता
पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेज काठमाण्डौँ बिच ५० प्रतिशत छुटमा स्नातकोत्तर पढ्न पाउने विषयमा सम्झौता भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको आम सञ्चार तथा पत्रकारिकतामा स्नातकोत्तर अध्ययन गर्न चाहने पत्रकार महासंघ गोरखामा आवद्ध सदस्यहरुलाई ५० प्रतिशत छुटमा अध्ययन गर्न पाउने सम्झौता भएको हो ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा र कलेजका आम सञ्चार तथा पत्रकारिताका प्रशासन प्रमुख, सह प्रध्यापक राजिव तिमल्सिनाबिच शुक्रवार सम्झौता भएको हो ।
सम्झौता चालुवर्षदेखि नै लागु हुनेछ । यो सम्झौता ५ वर्षकालागि गरिएको हो । अनलाईनबाट कक्षा संचालन हुने भएकाले गोरखा मै बसेरपनि इच्छुक सदस्यले पढ्न सकिने पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताए ।

.‘पत्रकारहरुलाई आफ्नो क्षेत्र र पेशाकै विषय पढ्ने इच्छा हुन सक्छ’उनले भने ‘गोरखामा यो सुविधा नभएकाले अनलाईन पढाई हुने कलेज सँग सम्झौता गरेका हौँ ।’ ५० प्रतिशत छुट र अनलाईनबाट पढाई हुने भएकाले पत्रकारहरुकालागि निकै सुविधाजन र सहुलियत पनि हुने उनले बताए ।
सम्झौता गर्ने क्रममा कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेल, सहायक प्रिन्सिपल भानुभक्त निरौला, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, सदस्य सन्तोष अधिकारी लगायतको उपस्थिती थियो ।