| सोमवार, फाल्गुन २१, २०८०

राष्ट्रिय सहमती नभए देश अस्थिरता तर्फ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन् । पार्टीको कार्यक्रममा सहभागीहुन शनिवार गोरखा आएका उनले पत्रकारहरुसँगको कुराकानीमा भने ‘शसकिय स्वरुप र निर्वाचन प्रणाली यही कायम रहँदा सम्म कुनै ब्यक्ति वा दलको बहुमत आउने अवस्था देखिँदैन, यसले देशमा स्थिरताको संकेत गर्दैन, यो राम्रो विषय होईन ।’


समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरुको सहमती आवस्यक रहेको उनले बताए । ‘दलहरुको सहमती बिना स्थिरता हुँदैन, आर्थिक संकटको समाधानलेपनि राष्ट्रिय सहमती खोजेको छ’ उनले भने ‘शान्ति सम्झौता, भू–राजनीतिक सन्तुलन लागयत सबै मुद्धामा राष्ट्रिय सहमती आवस्यक छ ।’


राष्ट्रपतिमा राष्ट्रिय सहमतीको पैरवी गरिरहेका भट्टराईले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको बताए । अविभावकिय भुमिकामा रहेको राष्ट्रपतिमा सबैको सहमती हुनुपर्ने भन्दै उनले कांग्रेस सहितको सहमती आवस्यक रहेको बताए । ‘सरकारमै सबैको सहमती भएर पाँचवर्ष चलाउनुपर्छ’ उनले भने । निर्वाचनमा एउटा, निर्वाचनपछि अर्को गठबन्धन भएको प्रशंग जोड्दै उनले राष्ट्रपतिमा सहमती नभएको खण्डमा नेपालको अस्थिर राजनीतिक परिवेशमा प्रतिकुल प्रभाव पर्न सक्ने बताए ।


राष्ट्रपतिमा आफ्नो नामको चर्चा बारे उनले भने ‘शुभेच्छुकहरुले नाम लिनुभएको होला, अहिले मैले आफैँ बोल्नु समयभन्दा अघि हुन्छ ।’ गृहमन्त्री रबि लामिछानेको नागरिकता खारेजीको विषयमा उनले अदालतको फैसला स्विकार गरेर जानुपर्ने बताउँदै भने ‘संवेदनशिल मुद्धामा ध्यान पु¥याउन नसक्नु हाम्रो सामुयिक असफलता पनि हो ।’

प्रतिक्रिया दिनुहोस्