
मृतक अधिकारीको काजक्रियाका लागि आर्थिक सहयोग
गोरखा नगरपालिका–४ फिनामका स्वर्गीय छन्द बहादुर अधिकारीको काजक्रियाका लागि उनका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
बिष्णु पोखरेलको सक्रियता र गोर्खाली समाज युकेका अध्यक्ष अशोकबाबु ढकालको सहयोगमा आर्थिक सहयोग गरिएको हो । पीडित परिवारलाई ८० हजार नगद सहयोग गरिएको बताइएको छ ।
जिब्रोको क्यान्सर पीडित अधिकारीको गत चैत्र ३ गते निधन भएको थियो ।