| बुधबार, अशोज १७, २०८०

गोरखा जेसिजद्वारा बालमन्दिरका अनाथ बालबालिकालाई खाद्यान्न वितरण


जेसिज सप्ताहको कार्यक्रमअन्तर्गत गोरखा जेसिज गोरखाले सदरमुकामस्थित बालमन्दिर माविको अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । जेसिज सप्ताहको अन्तिम दिन शुक्रबार बिहान विद्यालयमा आयोजित एक समारोहका बीच सामग्री वितरण गरेको हो ।


गोरखा जेसिजका २०२३ का अध्यक्ष पुस्कर गुरुङको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा जेसिज २०१४ का अध्यक्ष तथा वडाअध्यक्ष शरण श्रेष्ठले विद्यालयका प्रधानाध्यापक शिव थापालाई सो सामग्री हस्तान्तरण गरेको हो ।
सो कार्यक्रममा प्रधानाध्यापक थापा, प्रमुख अतिथि श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा गोरखा जेसिज २००४ का अध्यक्ष कृष्णकुमार श्रेष्ठलगायत पूर्वअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।


यसअघि जेसिज सप्ताहको कार्यक्रम अन्तर्गत गोरखा जेसिजले द्रव्य शाह बहमुखी क्याम्पसमा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम, महालक्ष्मी मावि लक्ष्मी बजारमा बक्तृत्वकला कार्यक्रम, सहिदस्मृति मावि बुंकोटमा शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्