| बिहिबार, मंसिर १४, २०८०

दरौदी नदीले बगाएर वेपत्ता भएका व्यक्ति मृत फेला

दरौदी नदीले बगाएर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आइतवार साँझ करिव पाँच बजेको समयमा भैसीलाई नदी तार्ने क्रममा सिरानचोक गाउँपालिका–५ जरेबरका ४२ बर्षिय हरि सुनार वेपत्ता भएका थिए ।

खोजतलासको क्रममा सोमवार बिहान गोरखा नगरपालिका–१२ को खत्रीवेशी स्थित दरौदी नदिको बीच भागमा रहेको बगरमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘वेपत्ता भएको खवर पाएलगतै उहाँको आफन्त, स्थानीय र हाम्रो प्रहरी मिलेर खोजी कार्य जारी राखेका थियौ,’ प्रहरी निरिक्षक रविन्द्र अधिकारीले भने, ‘आफन्तहरुले आज विहान नदीको बीच भागमा रहेको बगरमा उहाँको शव भेटनुभएछ ।’

शव पोष्टर्माटमा लागी गोरखा अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्