
तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार मंसिर २३ गते वितरण गर्ने
तुलसीमान श्रेष्ठ स्मृति समाजले साहित्य र संगीतको क्षेत्रमा काम गर्ने श्रष्टाहरुलाई प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।
समाजको सातौँ बार्षिक साधारण सभामा बरिष्ठ साहित्यकारहरुले स्वर्गीय तुलसीमान श्रेष्ठले नेपाली साहित्य र लोक संगीतको क्षेत्रमा पु¥याएका योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन स्मारिका प्रकाशनदेखि सम्मान र प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै जाने निर्णय गरेको हो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार एवं प्राज्ञ विष्णु विभु घिमिरे, बद्रीविशाल भट्टराई, कुलप्रसाद कोइराला, हरि पराजुली लगायतका वक्ताहरुले नेपाली लोक साहित्यमा स्वर्र्गीय श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।
स्वर्र्गीय श्रेष्ठका छोरा निरजमान श्रेष्ठले अमेरिकाबाट जुम प्रबिधिमार्फत समाजको आगामी कार्यक्रमका बारेका जानकारी गराएका थिए ।
लामो समय प्राध्यापन सेवामा रहेका स्वर्र्गीय श्रेष्ठ लोक साहित्यको अनुसन्धानमा समर्पित व्यक्तित्व हुन् भने गोरखाबाट प्रकाशित दरौंदी पत्रिकाको संस्थापक प्रधान सम्पादक पनि हुन् ।
२०७३ मा क्यान्सर रोगबाट निधन भएपछि श्रेष्ठको सम्मानस्वरुप समाज र तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कारको स्थापना गरिएको थियो ।
२५ हजार रुपैँया राशी भएको उक्त पुरस्कार विगतमा साहित्यकारहरु चुडामणी वन्धु, सत्यमोहन जोशी, तुलसी दिवश, नन्दकृष्ण जोशी र ज्ञानु राणालाई प्रदान गरिसकिएको छ भने यो बर्ष मंसिर २३ गते सो पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।
यसैबीच, तुलसीमान श्रेष्ठ स्मृति समाजले आगामी २ बर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ । समाजको अध्यक्षमा सिताराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा भएको सातौं बार्षिक साधारण सभाले अधिकारीलाई अध्यक्ष पदमा निर्बाचित गरेको हो ।