| सोमवार, बैशाख ३, २०८१

नेता रवीन्द्र अधिकारीको स्मृति दिवसमा दीप प्रज्वलन


पाथीभराको दर्शन गरेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेर मृत्यू भएका तत्कालीन पर्यटनमन्त्री तथा नेकपा एमालेका नेता रवीन्द्र अधिकारीको छैठौँ स्मृति दिवसमा अनेरास्ववियु गोरखा जिल्ला कमिटीले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली दिएको छ ।


अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रवीण श्रेष्ठ, अनेरास्ववियु जिल्ला कमिटीका सदस्यहरू, क्याम्पस कमिटीका सदस्यहरू, एमालेका नेताहरु सहभागी भएर श्रद्धाञ्जली सभा गरेका हुन् ।


अधिकारी अनेरास्ववियूका पूर्व अध्यक्षसमेत हुन् ।


मन्त्री पदमा बहाल रहेकै अबस्थामा २०७५ सालको फागुन १५ गते पाथीभरा दर्शन गरी फर्कने क्रममा अधिकारीसहित सातजनाको डाइनेस्टिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्