बेस्ट मन्टेश्वरीको पहिलो अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न
गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको बेस्ट मन्टेश्वरी चिल्ड्रेन्स हाउसको पहिलो अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बीच अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न गरिएको हो । कार्यक्रमको अवसरमा उक्त मन्टेश्वरीको यूकेजीबाट उतिर्ण भएका २३ जना बालबालिकाहरु दिक्षित भएका छन् ।
मन्टेश्वरीका संस्थापक प्रचार्य कल्पना श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोनपाका शिक्षक छनौट समिति सदस्य रामबाबु श्रेष्ठ, जेनियस इङलिस बोर्डिङ स्कुलका अध्यक्ष विनोद अर्याल, अभिभावकको तर्फबाट कुशललाल श्रेष्ठ, प्रिया गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थीको सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती समेत रहेको थियो । २०७७ साल भाद्र २९ गते स्थापना भएको मन्टेश्वरीमा हाल १२० जना बालबालिका अध्ययनरत छन् ।