| मङ्लबार, बैशाख ४, २०८१

मनकामनामा जीप दुर्घटनाका चालक बिरुद्ध मुद्दा दर्ता

शनिबार मनकामना जादैँ गर्दा दुर्घटना भएको स्कोरपिओ जीपका चालक बिरुद्ध मुद्दा दर्ता भएको छ । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–४ का ४७ बर्षीय वेगबहादुर क्षेत्री बिरुद्ध सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

। शनिवार मनकामना जाने क्रममा उनले चलाएको ग १ च ७६१९ नम्वरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी पुर्वी नवलपरासीका ४५ बर्षीय शोभाखर गैरेको ज्यान गएको थियो । दुर्घटनामा परी गम्भिर घाइते भएका उनको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्