| मङ्लबार, बैशाख ४, २०८१

हराएको १९ थान मोवाइल प्रहरीले सम्बन्धित धनीलाई बुझायो

हराएको १९ थान मोवाइल फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न मिति र स्थानबाट हराएका स्यामसुङ, रेड मी, ओपो, भिभो, रियल मी लगायतका कम्पनीको मोवाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘मोवाइल हराएको भन्दै कार्यालयमा निवेदनहरु प्राप्त भएको थियो,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘खोजतलास गरी गोरखा लगायत बझाङ, काठमाडौं, कास्की, चितवन, रुपन्देही, रौतहट लगायतका जिल्लाबाट अन्य व्यक्तिहरुले चलाइरहेको अवस्थामा फेला पारेर ल्याएका हौ ।’ मंगलवार सम्बन्धित धनीलाई कार्यालय परिसरमा बोलाएर मोवाइल हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्