| सोमवार, भदौ २४, २०८१

वीरेन्द्र तालबाट पानीको बहाब घट्यो, अबस्था सामान्य बन्दै, पर्यटक आवतजावत खुल्यो


हिउँपहिरो खसेर पानीको बहाब ह्वात्तै बढेको वीरेन्द्र तालबाट अहिले पानीको बहाब घट्न थालेको छ । बिहान पौने नौ बजेबाट बढेको बूढीगण्डकी दिउसो साँढे एक बजेतिरबाट सामान्य अबस्थातर्फ फर्किएको प्रहरीले जनाएको छ ।


‘माथिबाट खसेको हिउँपहिरो पग्लिएपछि अहिले अबस्था सामान्यजस्तै भएको छ’, डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘बाढी हटेपछि पर्यटक आवत पनि खुलेको छ । सामागाउँबाट साम्दो जाने बाटोको काठेपुल बगाए पनि वैकल्पिक बाटोबाट पर्यटक साम्दोतिर आवतजावत भएको छ ।’ अहिले अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


तालबाट गहिरो खोलेर पानी गएकाले तालमा पानी कम हुनसक्ने अनुमान गरिएको छ । गहिरिएर पानी जानसक्ने हुँदा तालको संरक्षणको खाँचो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्