| शनिबार, फाल्गुन ३, २०८१

वीरबल घले अभिनित आफ्नै कर्मलाई एवार्ड

गुरुङ चलचित्रका चर्चित अभिनेता वीरबल घले अभिनित ‘आफ्नै कर्म’ले एवार्ड जितेको छ । दोस्रो आदिवासी जनजाति संगीत तथा चलचित्र अवार्ड वितरण कार्यक्रममा आफ्नै कर्मलाई अवार्ड प्रदान गरिएको हो ।


क्वालालिटी फिल्म्स प्रालिले आयोजना गरेको सो अवार्ड कार्यक्रममा पव्लिक च्वाइस विधातर्फबाट ‘आफ्नै कर्म’ले अवार्ड जितेको हो ।


राष्ट्रिय नाचघरमा बिहिबार आयोजित एक कार्यक्रमका बीच प्रथम उपराष्ट्रपति परमानन्द झाले चलचित्र आफ्नै सो चलचित्रका नायक वीरबल घलेलाई अवार्ड प्रदान गरेका थिए ।


जनक गुरुङको लेखन तथा निर्देशनमा बनेको सो चलचित्र २०८० मा प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस्