
जिल्ला इन्चार्ज बस्नेत लाई एमाले गोरखाको स्वागत
गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका केन्द्रीय सदस्य रामशरण बस्नेतलाई एमाले जिल्ला कमिटि गोरखाले आइतबार एक कार्यक्रम बीच स्वागत गरेको छ ।
जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका एमाले केन्द्रीय सदस्य बस्नेत, त्यस्तै गोरखा क्षेत्र नं १ को इन्चार्ज र संगठन विभागको सदस्यको जिम्मेवारी पाउनुभएका अर्का केन्द्रीय सदस्य सम्झना देवकोटा र केन्द्रीय सम्पर्क समन्वय समितिको सचिवको जिम्मेवारी पाउनुभएका आरसी लामिछाने लाई एमाले गोरखाले स्वागत गरेको हो ।
एमाले गोरखाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले खादा ओढाएर स्वागत गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेत भन्नुभयो – ‘‘मलाई काम दिनुस् । म जुत्ता खिइने गरी पार्टीको काममा खटिनु तयार छु । अब एक ढिक्का भएर सबै जना पार्टी निर्माणको काममा लागौं ।’’ कार्यक्रममा एमालेका जिल्ला पदाधिकारी, पालिका कमिटिका अध्यक्ष र जनसंगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।