| शनिबार, फाल्गुन ३, २०८१

धार्चेको पहिरो पीडितलाई राहत सामग्री वितरण

धार्चेको पहिरोमा ज्यान गुमाउनेहरुको परिवार र घाइतेलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको छ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालले उनीहरुलाई खाद्यान्न तथा अन्य राहतका सामग्री वितरण गरेको हो ।

शुक्रवार चामल, तेल, चिनी, नुन, दाल, चियापत्ती, मस्यौरा लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका डिस्ट्रिक्ट गभर्नर मिलन थापाले बताए । सिरक, म्याट, डसना, तन्ना र सिरानी पनि वितरण भएको उनले जानकारी दिए ।

‘पहिरोमा ज्यान गुमाउनेहरुको परिवारलाई दुई बोराका दरले चामल र दाल र दुई वटाका दरले डसना, म्याटेस, सिरानी, तन्ना लगायतका राहत सामग्री वितरण ग¥यौ,’ उनले भने, ‘बाँकी राहतका सामग्री पालिकालाई जिम्मा लगायौ ।’

उक्त राहत सामग्री पालिका मार्फत वितरण हुने उनले जानकारी दिए । यही साउन १३ गते धार्चे गाउँपालिका–५ रेसेफाँटमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्