![](https://www.daraundi.com/wp-content/uploads/2024/11/462549418_554652144168278_7864279275931086003_n.jpg)
देउसी भैलोको पैसाले लक्ष्मीबजारमा सिसिटिभी र सडकबत्ती मर्मत
लक्ष्मीबजार चोकमा थप तीन वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मीबजार हर्ट क्लबले देउसी भैलो खेलेर संकलन गरेको रकमले सिसिटिभी क्यामेरा जडान गरेको हो । ‘यसअघि हाम्रै क्लबले लक्ष्मीबजार चोकमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरेको थियो,’ क्लबका सहसचिव सन्तोष बस्न्यातले भने, ‘ती मध्ये तीन वटा बिग्रिएको थियो, त्यसको ठाउँमा नयाँ क्यामेरा हालेका हौँ ।’
लक्ष्मीबजार चोक, शिवचोक र वडा कार्यालय जाने बाटोमा जडित क्यामेरा फेरिएको उनले जानकारी दिए । त्यस्तै क्लबले लक्ष्मीबजार चोकमा जडान गरिएको सडक वत्ति पनि मर्मत गरेको छ । यसअघि क्लबले उक्त वत्ति जडान गरेको थियो । करिव ७० हजार खर्चेर बिग्रिएको सिसिटिभी क्यामेरा र सडक वत्ति मर्मत गरिएको बस्न्यातले बताए ।