| शुक्रबार, माघ ४, २०८१

बजार अनुगमन : अधिकांश पसलमा म्याद गुज्रेको खाद्य सामाग्री

गोरखा नगरपालिका–१२ को दशकिलो बजारमा रहेका अधिकांश पसलमा म्याद गुज्रेका खाद्य सामाग्री फेला परेको छ । बुधवार भएको बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका सामाग्रीहरु फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

बिना दर्ता व्यवसाय संचालन गरेको र दर्ता भएका व्यवसाय पनि नविकरण नभएको पाइएको उनले जानकारी दिए । ‘म्याद गुज्रेका सामाग्रीहरु हामीले जफत ग¥यौ,’ उनले भने, ‘व्यवसाय दर्ता र नविकरण गर्न पनि निर्देशन दियौँ ।’ आगामी दिनमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गरेको पाइएमा कानूनी कारबाही गरिने उनले चेतावनी दिए । सहायक प्रजिअ बराल नेतृत्वको बजार अनुगमन समितिले किराना, खाजा घर लगायतका पसलको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्