
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
गोरखा नगरपालिका–५ स्थित बोहोराबेसी सामुदायिक बाल बिकास केन्द्रमा अध्ययनरत बिद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । वडा कार्यालयले उनीहरुलाई न्यायो कपडा वितरण गरेको हो ।
सोमवार बिद्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष बिष्णु रानाले बिद्यालयमा अध्ययनरत १५ जना बिद्यार्थीलाई न्यायो कपडा वितरण गरेका हुन् । बढ्दो चिसोलाई मध्यनजर गर्दै न्यानो ज्याकेट र टोपी वितरण गरिएको उनले जानकारी दिए ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, वडाध्यक्ष राना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्ज बहादुर कुमाल, दरौँदी अग्रीगामी टोल बिकास संस्थाका अध्यक्ष शिव श्रेष्ठ, वडा सदस्यहरु लगायतको उपस्थितिमा कपडा वितरण भएको हो ।