| आइतवार, माघ २७, २०८१

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

१५ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ३६ बर्षीय उनलाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित वालिकाले दिएको जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘विगत दुई महिनादेखि पटक पटक जबरजस्ती करणी गर्दै आएको रहेछ,’ पीडितले दिएको जाहेरीलाई आधार मान्दै उनले भने, ‘अन्तिम पटक यही शुक्रवार बेलुका जवरजस्ती करणी गरेको पनि पीडितले जाहेरी दिएपछि त्यो व्यक्तिलाई पक्राउ गरेका हौ ।’

पक्राउ परेका ती व्यक्ति बिरुद्ध सोमवार हातनातामा जवरजस्ती करणी कसूर शीर्षकमा मुद्धा दर्ता भइ थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्