| आइतवार, माघ २७, २०८१

बारपाकमा विविध कार्यक्रम गरी घले ल्होसार मनाइयो

गोरखामा लिःल (घले) ल्होसार विविध कार्यक्रम गरी हर्षोउल्लासका साथ मनाइएको छ । मंगलबार गोरखाको बारपाकमा विविध कार्यक्रम गरी घले ल्होसार मनाइएको हो ।

घले समाज बारपाकको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम गरी ल्होसार मनाइएको स्थानीय रामकुमार घलेले बताए । घले जातीको हकहित र जातिय संरक्षण गर्ने मुख्य उदेश्य सहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

कार्यक्रमको अवसरमा घलेहरुको भेषभुषा सहित सांस्कृतिक झाँकी सहितको ¥याली निकालिएको थियो । बारपाक गाउँभर ¥याली गरेपछि हिमालय माविमा आएर औपचारिक समारोह मार्फत शुभकामना आदन प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रिय स्तका लोकदोहोरी कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

घले समाज बारपाकका अध्यक्ष दिलबहादुर घलेको अध्यक्षता एवं पुर्व सांसद धनबहादुर घलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । यस्तै, मंगलबार बारपाकका घलेहरुको संयुक्त रात्री भोज कार्यक्रम समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्