| आइतवार, माघ २७, २०८१

द्रव्यशाह क्याम्पसको ४० औँ वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ४० औँ वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । क्याम्पसले बुधबार बिभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न गरेको हो ।

सो समारोहको अवसरमा क्याम्पसका जग्गा दाताहरु महालक्ष्मी मावि, संस्थापक क्याम्पस प्रमुख स्वर्गीय मोहननारायण श्रेष्ठ, कष्णबहादुर कुँवर र लिकुलबाबु श्रेष्ठलाई पनि कार्यक्रमका अवसरमा सम्मान गरिएको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

साथै, दीर्घ सेवा पदक अन्तरगत क्याम्पसमा लामो समयदेखि कार्यरत्त सहायक प्राध्यापक रामचन्द्र दुवाडी, उपप्रशासक सुजन कुँवर र कार्यालय सहयोगी विष्णुप्रसाद कट्टेललाई सम्मान गरिएको उनले बताएका छन् । यसैगरी एमफिलको पढाई पूरा गरेकोमा प्राध्यापकहरु धर्मजंग थापा, शरण श्रेष्ठ र सुनिल अर्याललाई सम्मान गरिएको उनको भनाइ छ ।

वार्षिकउत्सव कार्यक्रमको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुसहित नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रम समेत सम्पन्न भएको छ । यस्तै, क्याम्पसमा अध्यनरत्त उत्कृष्ट छात्र तथा छात्राहरुलाई सम्मान समेत गरिएको बताइएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष सितलकाजी मास्केको अध्यक्षतामा बुधबार सम्पन्न बार्षिक उत्सव कार्यक्रममा त्रिविका रजिस्ट्रार रिजाल, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा एमालेका जिल्ला सचिव काजिराम रोका, माओवादी केन्द्रका सचिव अकुर तिमिल्सिना, नेपाल समाजवादी पार्टी(नयाँशक्ति)का रोहिणीप्रसाद पाण्डे, मोहन नारायण श्रेष्ठका सुपुत्र मनोज श्रेष्ठ, संस्थापक सदस्य बद्रीबहादुर मास्केलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्