| आइतवार, माघ २७, २०८१

आफै चढेको ट्याक्टरले किचेर गोरखामा एकको मृत्यु

आफै चढेको ट्याक्टरले किचेर गोरखामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ बर्षीय रामबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

ना ६ त ९६३० नम्वरको ट्याक्टर चढेर आर्खेतबाट माछिखोला जाने क्रममा ट्याक्टरबाट खस्न गई पछाडीको टायर कुल्चिएर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘शुक्रवार बिहान करिव २ बजेको समयमा आरुघाट माछिखोला सडकखण्डको खुर्सानी भन्ने स्थानमा उनी मृत फेला परेका थिए,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानले ट्याक्टरबाट खसेर ज्यान गएको खुल्न आयो ।’

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्