| आइतवार, माघ २७, २०८१

गोरखाका निवृत्त शिक्षकहरुको ‘हाम्रो परिचय’ पुस्तक विमोचन

श्रीपञ्चमी(सरस्वती पूर्जा)को अवसर पारेर नेपाल निवृत्त शिक्षक समाज गोरखाद्वारा प्रकाशित ‘हाम्रो परिचय २०८१’ नामक पुस्तक विमोचन भएको छ । नेपाल निवृत्त शिक्षक समाज गोरखाको आयोजनामा सोमबार एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा विमोचन गरिएको पुस्तकमा समावेश भएका विषय र महत्वको बारे समाजका अध्यक्ष प्रेम बहादुर थापा, उपाध्यक्ष कपिलबाबु अर्याल, सचिव रामबाबु श्रेष्ठले प्रष्ट पारेका थिए । कार्यक्रमका बक्ताहरुले वर्तमान अवस्थामा शैक्षिक गुणस्तर खस्कँदै गएकोले निवृत्त शिक्षकहरुको अनुभवहरु समेटेर नयाँ ढंगवाट विद्यालय सञ्चालन गर्न पालिकाहरुमा अन्तरक्रिया गर्नुपर्ने बताएका छन् । साथै सम्पूर्ण निवृत्त शिक्षकहरुलाई आजीवन सदस्य बनाई समेट्नुपर्ने बताएका थिए ।

निवृत्त शिक्षकहरुलाई संकट पर्दा सहयोग गर्न कल्याणकारी कोषलाई प्रभावकारी बनाउनु पर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा निवृत्त शिक्षकहरुको उपचारको व्यवस्था पनि हुनु पर्ने एजेण्डा प्रस्तुत गरिएको थियो । समाजका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाको सभापतित्व तथा केन्द्रीय अध्यक्ष ध्रुबराज शर्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, उपप्रमुख मससीमाया थोकर, केन्द्रीय प्रतिनिधहरु बाबुराम अर्याल र शुकदेव दवाडी, समाजका वागमती प्रदेश उपाध्यक्ष एकराज शर्मा, निवृत्त शिक्षक मिनादेवी श्रेष्ठ, खेमराज अधिकारी र बालमन्दिर माविका प्रअ अनन्त न्यौपानेले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्