| शनिबार, बैशाख ८, २०८१

मानव सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

मानव सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

दरौँदी ः नेपाली सेनाको रणसिंह दल गणले शनिबार मानव सेवा आश्रम गोरखामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मानवियता सहयोग कार्यक्रम अन्तरगत सेनाले आश्रममा रहेका वालवालिका तथा अन्य सबैको स्वास्थ्य जाँच गरेको हो ।
‘मानविय सहयोग तथा नागरिक सैनिक सम्बन्ध सुमधुर बनाउने उदेश्यले हामीले मानव सेवा आश्रममा शिविर सञ्चालन ग¥यौँ’ रणसिंह दलगण गोरखाका कर्नेल चन्दनसिंह थापाले भने ‘नेपाली सेनाका दुई जना चिकत्सक र अन्य स्वास्थ्यकर्मीको टोलीले आश्रममा रहेका वालवालिका तथा अन्यको स्वास्थ्य जाँच ग¥यो । आवश्यक औषधीहरु पनि निशूल्क वितरण ग¥यो ।’ शिविरमा नेपाली सेनाका डा. विश्वराज बहादुर कुँवर र डा. प्रशन्न रेग्मीले स्वास्थ्य जाँच गरेका थिए । मानव सेवा आश्रममा गरिएको उक्त स्वास्थ्य शिविरमा गुरुकुल गोरखाका बटुकहरुले पनि स्वास्थ्य जाँच गराएको कर्नेल थापाले जानकारी दिए ।

त्यस्तै अन्य सर्वसाधारणले पनि स्वास्थ्यजाँच गरी मौकाको फाईदा उठाए । शिविरमा जम्मा ६५ जनाले सेवा लिएको सेनाले जनाएको छ । मानवसेवा आश्रममा रहेकाहरुलाई नेपाली सेनाले शनिबार विहानको एक छाक खाना समेत सहयोग ग¥यो । त्यस्तै शुक्रबार पालुङ्टार ७ स्थित च्याङ्लीमा रणसिंह दलगण र पालुंटार नगरपालिकाको सहकार्यमा नै स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा चारसय जनाले सेवा पाएका छन् । नेपाली सेनाका डाक्टरहरु, पाटन अस्पतालका बरिष्ठ स्त्रीरोग विशेषज्ञ पवन शर्मा, आँपपिपल अस्तापलका चिकित्सकहरुको टोलीले निशूल्क स्वास्थ्य शिविरमा सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्