| शनिबार, बैशाख ८, २०८१

बुंकोटमा

बुंकोटमा लाँकुरीगाउँ गाउँघर क्लिनीकको उद्घाटन

दरौँदी ः शहिद लखन गाउँपालिका ८ मा लाँकुरीगाउँ गाउँघर क्लिनीक तथा सेटलाइट केन्द्रको उद्घाटन गरिएको छ ।  नेपाल सरकारको हरेक नेपालीले आधाघण्टाको दुरीमा स्वास्थ्य संस्था पुगेर सेवा पाउनुपर्ने निति अनुसार उक्त केन्द्र स्थापना गरिएको वडा अध्यक्ष काशिनाथ अम्गाईँले जानकारी दिए । मासिक रुपमा सञ्चालन हुने गाउँघर क्लिनीक महिनाको चार पटक समेत सञ्चालन गर्ने गरिएको वडा अध्यक्ष अम्गाईँले जानकारी दिए । गाउँघर क्लिनीक सञ्चालक समितिकी अध्यक्ष विमला अम्गाईँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले उद्घाटन गरेका हुन् ।
उनले उक्त क्लिनीकबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र आगामी आर्थिक वर्षबाट स्वास्थ्य इकाइको रुपमा रुपान्तरण गर्ने समेत बताए ।
वडा अध्यक्ष अम्गाईँले गाउँपालिकाले गरेको उक्त कार्यक्रमलाई वडा कार्यालयले सबैखाले सहयोग गर्ने बताए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, बुंकोट स्वास्थ्यचौकीका इन्चार्ज चन्द्रभूषण शाह, जिल्ला जनस्वास्थ्यका चन्द्र सुनार, वडा सचिब तोयनाथ अम्गाईँ, क्लिनीकका कोषाध्यक्ष ज्ञानबहादुर रम्तेल, सल्लाहकार कृष्ण बहादुर थापाले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्