| शनिबार, बैशाख ८, २०८१

हालै पत्ता लागेको कोरोना नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, पुन : संक्रमणको जोखिम उच्च

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड(१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ समेत भनेको छ ।

समाचारअनुसार ‘बि।१।१।५२९’ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनस् संक्रमण हुने जोमिख बढी रहेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।

नयाँ भेरियन्ट पत्ता लागेको समाचार बाहिर आएलगत्तै युरोपेली युनियन र बेलायतले दक्षिण अफ्रिकी मुलुकबाट हुने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने हवाई यात्रामाथि प्रतिबन्ध लगाउने भएको छ ।

भारतले समेत दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको कडा स्क्रिनिङ र परीक्षण गरिने बताएको छ । तर ओमिक्रोनको पहिचानपछि अन्तर्राष्ट्रिय प्रतिक्रियाप्रति दक्षिण अफ्रिकाले असहमति जनाएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले हवाइ यात्रामाथि प्रतिबन्ध लगाउने विभिन्न मुलुकको कदमलाई ‘गलत’ भन्दै निन्दा गरेका छन् । साझा समस्यासँग जुध्न विश्व नेताहरूले बलीको बोको खोजिरहेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्