| शनिबार, बैशाख २२, २०८१

गोरखामा चैत २५ देखि १५ वर्ष सम्मका बालवालिकालाई टाइफाइड खोप लगाईँदै

गोरखामा चैत्र २५ गतेबाट जिल्ला भर टाइफाइड खोप अभियान सुरु हुने भएको छ । अभियानको क्रममा १५ महिना देखि १५ वर्ष मुनिका जिल्लाका ६१ हजार ४ सय ९६ जना बालबालिकाहरुलाई टाइफाइड खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
ति मध्य ५३ हजार विद्यालयमा अध्ययनरत बालबालिका हुन भने बाँकी विद्यालय बाहिरका बालबालिका रहेको कार्यालय प्रमुख विद्या तामाङले बताइन् । टाइफाइड खोप अभियान संचालनका लागि जिल्लाभर तीन सय ८२ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

ति मध्य ७० वटा स्वास्थ्य संस्थामा र तीन सय १२ वटा केन्द्र विद्यालयमा निर्धारण गरिएको उनले जानकारी दिइन् । खोप अभियानमा जिल्लाभर सात सय ६४ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

११ स्थानीय तह रहेको गोरखामा दुई चरणमा खोप अभियान कार्यक्रम संचालन हुने बताइएको छ । उत्तरी गोरखाको विकट स्थानीय तह चुमनुब्री गाउँपालिका बाहेक अन्य १० स्थानीय तहमा पहिलो चरण अन्तरगत चैत्र २५ गतेबाट टाइफाइड खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख तामाङले बताइन् । उनका अनुसार पालुङटार नगरपालिकामा आठ हजार पाँच सय ११ जना, धार्चे गाउँपालिकामा चार हजार तीन सय ९२, आरुघाट गाउँपालिकामा पाँच हजार आठ सय ५७ र बारपाक सुलिकोट गाउँपालिकामा पाँच हजार पाँच सय ९६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाएको छ ।

अजिरकोट गाउँपालिकाका तीन हजार दुई सय ७२, गण्डकी गाउँपालिकाका चार हजार पाँच सय ९३, गोरखा नगरपालिकाका १५ हजार तीन जना र शहीदलखन गाउँपालिकाका चार हजार चार सय ३७ जना बालबालिकालाई टाइफाइड खोप लगाउने लक्ष्य रहेका छन् । त्यस्तै, भिमसेन थापा गाउँपालिकाका चार हजार एक सय ३१, सिरान्चोक गाउँपालिकाका चार हजार दुई सय ४९ र चुमनुब्री गाउँपालिकाका एक हजार दुई सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

दोस्रो चरण चुमनुब्री गाउँपालिकामा दोस्रो चरण अन्तरगत वैशाख ५ गते देखि १० गते सम्म खोप अभियान संचालन हुने तामाङले जानकारी दिइन् ।

जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार आयोजिता टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात कार्यक्रममा उक्त विषयमा जानकारी गराएको हो । टाइफाइड रोग विभिन्न ब्याक्टेरिका संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना, पानी माध्यमबाट यो रोग सर्ने गर्दछ ।

यो रोगले जुनसुकै उमेरका व्यक्तिहरुमा पनि हुने तर १५ वर्ष मुनिका बालबालिकाहरुमा सक्रमण दर र रोगको जटिलता उच्च हुने भएकाले खोप लगाउनुपर्ने कार्यालय प्रमुख तामाङले जानकारी दिइन् ।

विगत ३ वर्षको तथ्यांकम अनुसार पानी र खानेकुराहरुबाट हुने संक्रामक रोगहरुमध्ये टाइफाइड तेस्रो सथानमा रहेको र अस्पतालमा भर्ना हुने विरामीहरु मध्ये मृत्यू हुनेमा चौथौ कारण यहि रोग रहेको उनले बताइन् ।
१५ महिना नपुगेका बालवालिकाको हकमा उनीहरुले उक्त उमेर पुरा गरेपछि नियमित खोप सँगै टाईफाईड खोप लगाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्