| शुक्रबार, चैत्र ७, २०८१

गोरखामा राष्ट्रपति रनिङ शिल्ड सुरु

दरौँदी ः गोरखामा सोमबार देखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा भएका विभिन्न छनोट चरणका खेलमा उत्कृष्ट पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने समुहले रनिङ शिल्डमा सहभागिता जनाएका छन् ।
यस वर्षको रनिङ शिल्ड विजया भवानी मावि मकैसिंङले आयोजना गरेको हो । राष्टूको लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सुरु भएको जिल्ला स्तरीय सातौं राष्टूपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरिराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् । ‘अहिले राष्टू पुरानो ठाउँमा छैन नेपाल नयाँ ठाउँमा आएको छ’ उनले भने ‘राष्टूको पहिचान खेलकुदले दिइरहेकोले र राष्टूलाई खेलकुद चाहिएको छ । खेलकुदले व्यक्तिलाई अनुशासित बनाउँछ, अन्र्तनिहित प्रतिभालाई प्रस्फुटित गर्दछ, खेलकुद देश, समाजको महत्वपूर्ण हिस्सा हो ।’
अहिलेको सरकारले स्थानीय स्तर हुँदै राष्टिूय स्तरमै पनि खेलकुदको विकासमा लगानी गर्ने अधिकारले बताए । खेल क्षेत्रको विकासमा राज्यले नितिगत त्रुटिहरु सच्याएर अघि बढ्ने उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद अधिकारी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, शहिद लखन गाउँपालिका प्रमुख रमेश थापा मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बसन्त गुरुङ, गण्डकी गाउँपालिका वडा नं. १ का अध्यक्ष गिर बहादुर गुरुङ, विजया भवानी माविका प्रधानाध्यापक डिल बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । सोमबार शुरु भएको खेल तीन दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए । सोमबार भएको खेलमा छात्र तर्फको लङजममा जनशक्ति मावि, नामजुङ, लक्ष्मी मावि गाईखुर, अन्नपूर्ण मावि खोप्लाङ र छात्रा तर्फ अन्नपूर्ण मावि खोप्लाङ, भैरवाश्रम मावि फुजेल, रामशाह मावि देउराली क्रमश प्रथम ,द्धितिय र तृतीय भएका छन् । एकसय मिटर दौडमा छात्र तर्फ भवानी मावि ठाँटी पोखरी, भवानी मावि, अकला मावि धुवाँकोट, छात्रा तर्फ रामशाह मावि देउराली, अकला मावि धुवाँकोट, जीवनज्योति मावि च्याङ्ली क्रमशः प्रथम ,द्धितिय र तृतीय भएका छन् सटपुट तर्फ छात्रमा भवानी मावि मान्वु, शैलपुत्री मावि पाँचखुवादेउराली, प्रभातकिरण मावि लापु, छात्रा तर्फ लक्ष्मी मावि गाईखुर, भवानी मावि मान्वु, जनशक्ति मावि नामजुङ क्रमश प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
एक हजार पाँच सय मिटर दौड तर्फ छात्रामा सुर्योदय मावि घ्याल्चोकका गंगा श्रेष्ठ, भवानी मावि ठाँटीपोखरीका गिता गिरी, अमरज्योति जनता माविकी पार्वती शाह र छात्र तर्फ शैलपुत्री माविकाअनिल गुरुङ, लक्ष्मी माविका विनोद नेपाली र तारा माविका बादल नेपाली क्रमश प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गरेका छन् । त्यस्तै विभिन्न विद्यालयका छात्र र छात्राहरुबिच भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ ।
रनिङ शिल्ड प्रतियोगिताकै अबसरमा राष्टिूय अनुसन्धानकी जिल्ला प्रमुख रजनी घिमिरेलाई सम्मान गरिएको छ । मकैसिङकी चेली राष्टूको एक उच्च आहोदाको कर्मचारी भएर सेवा गरेको भन्दै घिमिरेलाई सम्मान गरिएको हो । उनलाई सांसद अधिकारीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्