
सुलिकोट गाउँपालिकाले विज्ञप्ती जारी गर्दै भन्यो ‘घुसलिने कर्मचारीलाई कारबाही हुन्छ’
गोरखा ः जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यनारायण डगरियाले घुस लिइरहेको भिडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि कारबाहीको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले अध्यक्ष विष्णु भट्ट र प्रशासकिय अधिकृत शैलेशराज ढुंगानाले हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई आवश्यक कारबाहीको लागि अघि बढाएको जनाएको हो । विज्ञप्तीमा भनिएको छ ‘हामीले गरेको प्रतिबद्धता विपरित यस्तो घृणित र गैरकानुनी कार्यको निन्दा निन्दा गर्दछौँ । उक्त ब्यक्ति उपर कारबाही प्रक्रिया अघि बढेको जानकारी गराउछौँ ।’
अधिकृत डगरियाले सरकारले वितरण गरेको न्यानो झोला कार्यक्रममा घुस खाएको भेटिएको हो । न्यूज ट्वान्टी फोरको सिधाकुरा जनतासँग कार्यक्रमको टोलीले भ्रष्टाचार गरेको भिडियो सार्वजनिक गरेको हो । गोरखाको सुलिकोट गाउँपालिकामा नवजात शिशु र आमाका लागि सरकारले व्यवस्था गरेको न्यानो व्यागमा खरिदमा कर्मचारीले पैसा लिएको भनि समाचार प्रकाशनरप्रशारित भएपछि गाउँपालिकाले विभिन्न निकायबाट हुने अनुसन्धानमा सहयोग गर्ने र कर्मचारी डगेरीयालाई प्रचलित कानुन अनुसार कारबाही गर्न सुरू गरेको बताएको छ ।
विज्ञप्ती मार्फत यस्तो प्रकारको कार्यमा संलग्न जोसुकै कर्मचारी तथा जनप्रतिनिधिलाई प्रचलित कानुन अनुसार गाउँपालिकाबाट आबश्यक छानविन एवं का्रवाही प्रक्रिया अघि बढ्ने र अन्य निकायबाट हुने अनुसन्धान र कारबाहीमा सम्पुर्ण किसिमले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।