| सोमवार, चैत्र ३, २०८१

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’

प्रदेश ४ का सांसद दीपक मनाङे पक्राउ

मनाङबाट निर्वाचित प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रहरी परिसर काठमाडौंले गुरुङलाई बिहीबार साँझ राजधानीको स्वयम्भूबाट पक्राउ गरेको हो।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ मा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।

उनी मनाङको प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्